व्यास नगरपालिकाले पारित गर्‍यो चार विधेयक 

शनिबार, माघ २२, २०७८

तनहुँ, २२ माघ । व्यास नगरपालिकाको शुक्रबार सम्पन्न ३६ औँ नगर सभाले चार विधेयक र तीन संशोधन ऐन पारित गरेको छ ।  स्थानीय बजार व्यवस्थापन विधेयक २०७८, व्यास नगरपालिका सुशासन विधेयक २०७८, खेलकुद विकास विधेयक, २०७८ र कर्मचारी कल्याण कोष सञ्चालन (कार्यविधि)  विधेयक २०७८ पारित गरेको हो ।  त्यसैगरी, आर्थिक ऐन २०७८, विनियोजन ऐन २०७८, व्यास नगरपालिका कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको ऐन २०७८ (संशोधन)  गरेको छ । आ।व २०७८-०७९ को लागि ३५ औँ नगर सभामा नगर प्रमुख बैकुण्ठ न्यौपानेबाट प्रस्तुत नीति तथा  कार्यक्रम र समिक्षात्मक प्रतिवेदन संशोधन सहित पारित गरेको छ । आव २०७८-०७९ का लागि उपप्रमुख मीरा जोशीबाट प्रस्तुत रु।एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको संशोधित वजेट तथा कार्यक्रम संशोधन सहित पारित गरिएको छ । 

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  १०:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार