सोसल मिडिया
Contact Us
युनिकोड
प्यूठान, २२ माघ । प्यूठानमा बेहुली लिएर फर्कदै गरेको सवारी जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । शुक्रबार राती ग १ ज ५०९३ नम्बरको जीप गौमुखी गाउँपालिका–६ ओखरपाटामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिए । मृत्यु हुनेमा स्थानीय एकै घरका बसन्त खड्का उनकी श्रीमती बसन्ता खड्का, छोरी एलिशा खड्का रहेका छन्। त्यस्तै, सोही ठाउँकी केशरी खड्का, नन्दी खड्का, खिम खत्री, बले बुढा मगर रहेका छन् । एक जना लुङका व्यक्तिको पहिचान हुन सकेको छैन। मृत्यु हुनेहरु गौमुखी गाउँपालिका–६ का स्थानीय हुन्। दुई जनाको उपचारको क्रममा प्यूठान अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइतेहरुको प्यूठान अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। दुर्घटनाग्रस्त जीप सडकदेखि करिब ३ सय मिटर तल खोलामा खसेको छ।