सुनसरीमा बस र ट्रक एकआपसमा ठोक्किदा आगलागी

शनिबार, माघ २२, २०७८

सुनसरी, २२ माघ । सुनसरीको कोशी गाउँपालिकामा यात्रुबाहक बस र ट्रक एकआपसमा ठोक्किएका छन् । शुक्रबार राति भएको उक्त दुर्घटनामा पछि बसमा आगो लागेको छ ।  कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले पौने ८ बजेतिर उक्त दुर्घटना भएको जानकारी दिए । सुनसरीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाका अनुसार ट्रक र बस ठोक्किएर भएको दुर्घटनाको क्षतिको यकिन विवरण भने आइसकेको छैन । दुर्घटनापछि बसमा आगो लागेको थियो । आगो निभाउनका लागि ६ वटा दमकल ल्याइएको थियो । 

 

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  ०७:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार