मिलको पट्टामा बेरिएर बालिकाको मृत्यु 

शुक्रबार, माघ २१, २०७८

कञ्चनपुर, २१ माघ । कृष्णपुर नगरपालिका–१ दोमिल्लाकी ११ वर्षीय बालिका ललिताकुमारी खत्रीको बैजनाथ राइस एण्ड फ्लोर मिलको पट्टा राख्ने कमानीमा कपडा बेरिएर आज मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार दिउँसोको बेला खेल्ने क्रममा बालिका मिलको कमानीमा बेरिएकी हुन् । टनास्थलमै बालिकाको मृत्यु भएको उनले बताए । मृतक बालिकाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा ल्याइएको छ । मिल वडाध्यक्ष मोहनबहादुर बस्नेतको स्वामित्वको रहेको बताइएको छ । बालिकाका बुवा आमा धेरै पहिलादेखि मिलमा काम गर्दै आएको र बालिसमेतका उनीहरूसँगै बस्दै आएकी थिइन् । 

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  २३:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार