सोसल मिडिया
Contact Us
युनिकोड
रुपन्देही, २१ माघ । वर्षासँगै परेको चट्याङका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । आज दिउँसो ४ बजे परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । टावरमा चट्याङ परेपछि तार चुँडिएको र रनवेका लाइट बन्द भएका कारण विमानस्थल बन्द गरिएको हो । विमानस्थल बन्द भएको सूचना पाएपछि विमानस्थल पुगेका यात्रु फर्किएका छन् । महाप्रबन्धक दाहालका अनुसार काठमाडाँैबाट आवश्यक सामान झिकाएर भोलि दिउँसोसम्म मर्मतको काम गरिने छ ।
पर्यटन प्रवद्र्धनमा पूर्ण सहयोग गर्छु : मन्त्री आले कोभिड महामारीको प्रभाव अन्त्यसँगै अबको वर्ष पाँच लाख पर्यटक ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् । सन् २०२१ मा नेपालमा ३२ वर्ष यताकै सबैभन्दा कम एक लाख हाराहारी पर्यटक आगमन भएको थियो । सरकारले सन् २०२२ मा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यसका लागि राष्ट्रियस्तरको समिति गठन गरिएको छ । मन्त्रालयमा आज शुक्रबार पर्यटन पुनरुत्थान समितिले आयोजना गरेको पहिलो बैठकले सन् २०२२ मा पाँच लाख र सन् २०२३ मा यो सङ्ख्यालाई दोब्बर गर्ने लक्ष्य सार्वजनिक गरेको थियो । उक्त कार्यक्रममा मन्त्री आलेले कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न सरकारले प्राथमिकता दिने बताए उनले भने, “कोरोनाले हाम्रो पर्यटन क्षेत्र पूर्णरूपमा धरासायी बनेको छ, पर्यटन प्रवद्र्धन तथा विकासका लागि के गर्नु पर्छ सरकार तयार छ ।” कोरोनाका कारण थला परेको पर्यटन उद्योगलाई लयमा फर्काउनका लागि यही माघ २ गते उक्त समिति विधिवत्रूपमा गठन भएको थियो । गठन भएसँगै सो समितिले आज पहिलो पटक आफ्नो बैठक राखेको थियो । उक्त समितिको नेपालका पर्यटन क्षेत्रहरुलाई नयाँ स्वरूपमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय पर्यटन बजारमा पनःस्थापित गराउने उद्देश्य रहेको समितिका संयोजक राजाराम गिरीले बताए । उनले भने, “कोभिडबाट धरासायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि हामी एक महिनाभित्र बृहत् पर्यटन अन्तरक्रिया कार्यक्रमको तयारी गर्दैछौँ, कमिटीका सदस्यबाट आएका सुझावहरु सङ्कलन गरी विस्तृत रिपोर्ट तयार गर्नेछौँ ।” छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले कोभिड महामारीका कारण थिलथिलो भएको पर्यटन क्षेत्रलाई सरकारले राहत उपलब्ध गराउनुपर्ने बताउनुभयो । नेपाल टुर एण्ड ट्राभल एशोशिएसन (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटन ऐन तीन दशक पुरानो भएकाले त्यसलाई समयानुकूल बदल्नुपर्ने बताए । होटल सङ्घ नेपाल (हान) का अध्यक्ष सृजना राणाले सीमा नाकाबाट आउने पर्यटकलाई हवाई मार्गबाट आउने पर्यटक सरह सम्मान दिलाउनुपर्ने बताइन् । यसैगरी उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले अहिलेको कोरानाका कारण पर्यटन व्यवासायीहरुको मनोबल वृद्धि गरिनुपर्ने भन्दै पर्यटकहरुलाई राज्यका निकायबाटै समान व्यवहार गरिनुपर्ने बताइन् ।