स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका राष्ट्रपतिद्वारा १९७ कैदीलाई माफी

शुक्रबार, माघ २१, २०७८

कोलम्बो, २१ माघ । श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापक्षले १९७ कैदीलाई आम माफी दिएका छन् ।  देशको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा सरकारको सिफारिसमा उहाँले उनीहरूलाई आम माफीको घोषणा गरेका हुन् । कारागार भित्र रहँदा व्यवहार तथा चरित्रमा सुधार हुँदै गएकाहरूलाई बाँकी सजाय छुट गरिएको सरकारले जनाएको छ । व्यवहारमा सुधार भएकामध्ये पनि ६५ वर्ष उमेर पूरा गरेका, तोकिएको कूल सजायमध्ये कम्तीमा ५० प्रतिशत कटाइसकेकालाई आम माफीका लागि छनौट गरिएको हो । तर हत्या, लागुऔषध कारोबार, बलात्कार र सैन्य अपराधमा संलग्न भएको आरोप पुष्टि भएकाहरूलाई भने आम माफी नदिइने व्यवस्था छ । श्रीलङ्का सन् १९४८ को फेबु्रअरी ४ मा बेलायती उपनिवेशबाट मुक्त भएको थियो । त्यतिबेलादेखि श्रीलङ्कामा हरेक वर्षको फेबु्रअरी ४ का दिन राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिएको छ ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  २१:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार