द्वन्द्वका कारण युक्रेनका बच्चाको मानसिक स्वास्थ्यमा असर : युनिसेफ

शुक्रबार, माघ २१, २०७८

कीभ (युक्रेन), २१ माघ । युक्रेनमाथि आक्रमण हुने चर्चाले युक्रेनका बालबालिकाको मानसिक स्वास्थ्यमा असर परेको छ । संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफले द्वन्द्वको विषयले बाल मनोविज्ञानमा ठूलो असर पारेको जनाएको हो । युद्ध भयो भने के हुन्छ होला, त्यतिबेला आफूहरू कसरी बाँचिन्छ होला, आफन्तहरूलाई केही भयो भने के गर्ने होला भन्ने जस्ता प्रश्नले बालबालिकालाई सताउने गरेको युनिसेफले उल्लेख गरेको छ । उनीहरूले आफूलाई पीडा भइरहेको अनुभव पनि सुनाएको युनिसेफद्वारा जारी वक्तव्यमा लेखिएको छ । बालबालिकामा आफ्नो पढाइको समेत चिन्ता देखिएको छ । उनीहरूलाई युनिसेफले आवश्यक सहयोग तथा सेवासमेत उपलब्ध गराउन सुरु गरेको छ । युनिसेफले अघिल्लो वर्ष ७० हजार बालबालिकासम्म आफ्नो सहयोग पुगेको पनि जनाएको छ ।  त्यसैगरी बालबालिकालाई मनोवैज्ञानिक सहयोगका बारेमा शिक्षकहरूलाई पनि प्रशिक्षित गरिएको जनाइएको छ ।– रासस/एएनआई
 

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  २१:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार