तालिवान कार्यकर्तालाई हतियारसहित मनोरन्जन पार्कमा जान रोक

बिहीबार, माघ २०, २०७८

काबुल, २० माघ : अफगानिस्तानमा तालिवानले आफ्ना कार्यकर्ताहरुलाई हतियारसहित मनोरन्जन पार्कमा जान रोक लगाएको सो समूहका प्रवक्ताले बताएका छन् । जनतासामु सरकारकोे छाप सकरात्मक देखाउने पहल स्वरुप तालिवानले पछिल्लो कदम चालेको अनुमान गरिएको छ ।

‘इस्लामिक इमिरेट्स मुजाहिद्दिनलाई हतियार, सैन्य पोसाक र गाडी चढेर मनोरन्ज पार्कमा जान अनुमति छैन्,’ तालिवानका मुख्य प्रवक्ता जाविहुल्लाह मुजाहिदले ट्विट गर्ेका छन्, ‘उनीहरुले मनोरन्जन पार्कका सबै नियमहरु पालना गर्नुपर्छ । ’

अमेरिकाको समर्थन पाएको पूर्वसरकारविरुद्ध दुई दशक लामो युद्ध गरेका तालिवानहरुले अगस्टमा सत्तापलट गरेपछि सहर र गाउँमा बन्दुक बोेकेर पुग्ने गरेका छन् ।

सन् १९९६ देखि २०११ म अफगानिस्तानमा पहिलो पटक सत्ताको नेतृत्व गरेका तालिवान आफ्ना पाशविक गतिविधिका कारण कुख्यात छन् । तर, अगस्टमा सत्ता कब्जा गरेपछि उनीहरुले आमअफगानी र विश्व समुदायसामु उदारबादी देखिन खोजेका छन् ।

तालिवानले सत्ता हातमा लिएपछि तालिवानका नेता र कार्यकर्ताको आकर्षण राजधानी काबुलस्थित क्वारघा रिजर्भको सबैभन्दा ठूलो मनोरन्जन पार्कमा देखिन्छ ।-  एजेन्सी

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  ०९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार