नवीकरणीय ऊर्जा परियोजनाका लागि लेबनानलाई ३७ लाख युरो सहयोग

बुधबार, माघ १९, २०७८

बेरुत, १९ माघ । लेबनानमा नवीकरणीय ऊर्जा परियोजनाहरूको रकम जुटाउन युरोपेली सङ्घबाट ३७ लाख युरो (करिब ४१ लाख ९० हजार अमेरिकी डलर) प्राप्त गरेको छ । संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठन (युनिडो) ले बुधबार घोषणा गरेको उक्त सहयोगबारे नेशनल न्यूज एजेन्सी (एनएनए) ले उल्लेख गरेको छ ।  लेबनानका उद्योग मन्त्री जर्ज बुचिकियानसँगको आफ्नो बैठकको क्रममा लेबनानका युनिडो प्रतिनिधि इमानुएल कालेन्जीले नयाँ अनुदानले लेबनानमा औद्योगिक परियोजनाहरूमा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने बताएको एनएनएले अधिकारीलाई उद्धृत गरी समाचारमा लेखेको छ । आफ्नो पक्षमा बुचिकियानले युनिडोमार्फत युरोपेली पहलको प्रशंसा गर्दै भने, “तेलबाहेक अन्य वैकल्पिक ऊर्जा स्रोतमा भर पर्नु एकदमै आवश्यक र महत्वपूर्ण छ, जसले लागत बचत गर्छ र उत्सर्जन र प्रदूषण कम गर्छ ।” मन्त्रीले यस क्षेत्रको विकास र आधुनिकीकरणको सुनिश्चितताका लागि नयाँ औद्योगिक परियोजनाहरू स्थापना गर्नुपर्नेमा पनि जोड दिए ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  २१:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार