जाडोमा चुजी नेपाल फाउन्डेसनको न्यायो कम्बल

बुधबार, माघ १९, २०७८

ललितपुर, १९ माघ ।  चुजी नेपाल फाउन्डेसनले ललितपुर महानगरलाई न्यायोे कम्बल हस्तान्तरण गरेको छ । फाउन्डेसनले महानगरलाई तीन सय थान कम्बल हस्तान्तरण गरेको हो । महानगरप्रमुख चिरीबाबु महर्जनले फाउन्डेसनबाट प्राप्त कम्बल महानगरभित्र बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई संरक्षण गरिरहेका संस्थालाई उपलब्ध गराउने बताए । 
उनले सहयोगको लागि धन्यवाद दिदैं भविष्यमा फाउन्डेसनसँग सहकार्य गरेर अघि बढ्ने धारणा राखे। चुजीको अर्थ राहत र करुणा भएको बताउँदै फाउन्डेसनका अध्यक्ष मुकुन्द विष्ट २०७२ सालको भूकम्पमा पनि सहयोग गरेको स्मरण गरे  । उनले महानगरसँग सहकार्य गरेर अघि बढ्न आतुर रहेको बताए ।

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १९:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार