तान्जानियाको सभामुखका महिला नेतृ निर्वाचित

बुधबार, माघ १९, २०७८

दार एस सलाम, १९ माघ । तान्जानियाको सभामुखका ४५ वर्षीया महिला नेतृ निर्वाचित भएकी छन् । तत्कालि उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित हुुनुभएको हो । उहाँ देशको मबेया निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् ।  तत्कालिन सभामुखले सरकारद्वारा प्रस्तुत एक विधेयकमा गलत भूमिका खेलेको भन्दै आलोचना भएपछि उनले राजिनामा दिएका थिए । उनको ठाउँमा अक्सन निर्वाचित भएकी हुन् । नवनिर्वाचित सभामुख अक्सन सत्तारुढ दल चामा चा मापिन्डुजी (सिसिएम) पार्टीकी नेतृ हुन् । उनी तान्जानियाको आठौँ सभामुख हुनभएको छ । महिला नेतृबाट सभामुख निर्वाचित भएको भने यो दोस्रो पटक हो । पूर्वीअफ्रिकी मुलुक तान्जानियाको सभामुखमा निर्वाचित भएपछि अक्सनले संसद्लाई चलायमान र सवैको साझा थलोका रुपमा स्थापित गराउने प्रतिवद्धता जनाए ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार