दक्षिण कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै 

बुधबार, माघ १९, २०७८

सोल, १९ माघ । दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको छ  । सरकारी अधिकारीले बुधबार दिएको जानकारीनुसार पछिल्लो एक दिनमा दक्षिण कोरियामा २० हजार २७० नयाँ सङ्क्रमित भएका हुन । 
कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्ररुपमा फैलिएकाले दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै भएको जनाइएको छ ।  यसअघि एक दिनमा १८ हजार ३४२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो । दैनिक सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको बुधबार पहिलो पटक हो । दक्षिण कोरियामा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमितको कुल सङ्ख्या आठ लाख ८४ हजार ३१० पुगेको छ ।  नयाँ सङ्क्रमितमध्ये चार हजार १८६ राजधानी सोलमै भेटिएका हुन । भाइरसको फैलावट ग्रामिण क्षेत्रमा पनि धेरै भएको अधिकारीले जनाएका छन् । अहिले सङ्क्रमित अवस्थामै रहेकामध्ये २७८को अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको जनाइएको छ । कोरियामा पछिल्लो एक दिनमा कोरोनाका कारण १५को मृत्यु भएको छ । योसँगै अहिलेसम्म कूल मृतकको सङ्ख्या छ हजार ७८७ पुगेको छ ।-रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार