सोसल मिडिया
Contact Us
युनिकोड
क्यानबेरा, १९ माघ । अस्ट्रेलियाले बुधबार ४० हजार नयाँ सङ्क्रमित थपिएको छ । बुधबार राष्ट्रियरूपमा कोरोना सङ्क्रमणको कारण ७०को मृत्यु भएको जनाइएको छ । राज्य र क्षेत्रको आधिकारिक तथ्याङ्कअनुसार न्यू साउथ वेल्समा २७, भिक्टोरियामा २५, क्वीन्सल्याण्डमा १६, उत्तरी क्षेत्र र दक्षिण अष्ट्रेलियामा एक–एक जनाको मृत्यु भएको थियो । तीन सय ७५ सघन उपचार कक्षमा र चार हजार ९५४ जनाको देशभरका अस्पतालमा केन्द्रमा उपचार भइरहेको स्वास्थ्य विभागले मंगलबार राति सार्वजनिक गरेको तथ्यांकअनुसार जनाएको छ ।– रासस/सिन्ह्वा