मोल्डोभाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

बुधबार, माघ १९, २०७८
Global Ime Bank

बुचारेष्ट, १९ माघ । युरोपेली मुलुक मोल्डोभाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । प्रधानमन्त्री नातालिया गार्भिलिताले नै आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको मङ्गलबार पुष्टि भएको जानकारी दिएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, “मेरो पिसिआर परीक्षण गर्दा आज सङ्क्रमण भएको रिपोर्ट आएको छ ।” उनले आफूलाई स्वास्थ्य समस्या नभएको स्पष्ट पार्दै केही समय घरबाटै वा अनलाइनबाटै काम गर्ने जानकारी दिए ।  मोल्डोभामा पछिल्लो २४ घण्टामा चार हजार ३४८ कोरोनाभाइरसबाट सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल १३ हजार ९८८को परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण देखिएको हो ।  कुल ३५ लाख जनसङ्ख्या भएको मुलुकमा अहिलेसम्म चार लाख ४५ हजार ४६ कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार