गत वर्षमात्र नाइजेरियामा बन्दुकधारीद्धारा एक हजार १९२ को हत्या

बुधबार, माघ १९, २०७८
Global Ime Bank

लागोस, १९ माघ । नाइजेरियामा गत वर्षमात्र बन्दुकधारीहरुले एक हजारभन्दा बढी नागरिकको हत्या गरेका छन् ।प्राप्त समाचारअनुसार यहाँका बोको हराम आतंककारीहरुले सन् २०२१ मा मात्र १ हजार १९२ जनाको हत्या गरेका हुन् । साथै उनीहरुले गत वर्षमात्र ३ हजार ३४८ जनालाई अपहरण गरेका थिए । यीमध्ये नाइजेरियाको उत्तर पश्चिमी क्षेत्र कादुनाका बढी नागरिक शिकार भएका हुन् ।कादुना प्रान्तको प्रान्तीय सरकारले मंगलबार सो सम्बन्धी रिपोर्ट प्रकाशन गरेको हो । साथै गतवर्ष मात्र यहाँका ८९१ जना घाइते भएका छन् । उनीहरुलाई पनि आतंककारीले गोली हानी घाइते बनाएका हुन् ।–रासस/एएनआई

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार