कोरोना सङ्क्रमणबाट हालसम्म दुई हजार ६५ जनाको मृत्यु 

मृत्युको संख्या सच्यायो सरकारले 
बिहीबार, फागुन १३, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबाट निधन हुनेको सङ्ख्यामा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को तथ्याङ्कसँग मिलान गरेको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिले भएको निधनमा ६१८ जना थप गरिएको बताए । योसँगै अहिलेसम्म निधन भएकाको सङ्ख्या दुई हजार ६८४ जना पुगेका छन् । मङ्गलबार दुई हजार ६५ जना रहेका थिए । मन्त्रालयले निधन भएका सङ्क्रमितको तथ्याङ्क विश्लेषण गर्दा ६१८ जना थपिएका हुन् । 
उनले मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को तथ्याङ्क विश्लेषण गर्दा ६१८ जना थपिएका जानकारी दिए । ‘सिसिएमसीले सङ्क्रमणबाट निधन भएका व्यक्तिको घरमा पुगेर पनि शव व्यवस्थापन गरेको थियो’, उनले भने, ‘सिसिएमसीले प्रस्तुत गरेको तथ्याङ्कमा निधन भएकाको सङ्ख्या बढेकाले सच्याइएको हो ।’ सङ्क्रमणबाट निधन भएका सङ्ख्या मन्त्रालय र सिसिएमसीको फरक परेकाले समिति गठन गरिएको थियो । सोही समितिले कोभिड–१९ बाट निधन भएका कुन हुने र कुन होइन भनेर अध्ययनका आधारमा निधन भएका नयाँ सङ्ख्याको निकालिएको हो । नेपालमा अहिलेसम्म दुई लाख ७३ हजार ७६० जना सङ्क्रमित, दुई लाख ७० हजार १३९ जना निको भएर घर फर्किसकेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  ०४:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार