गरिब घरपरिवार पहिचान गर्न काठमाडौं महानगरले माग्यो २३१ कर्मचारी

गणक मात्रै २१० जना आवश्यक
मंगलबार, माघ १८, २०७८

काठमाडाै, १८ माघ : काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयन पत्र वितरण सर्वेक्षणका लागि २३१ जना कर्मचारी माग गरेको छ । 

महानरले करारमा २१ जना सुपरिवेक्षक र २१० जना गणक माग गरेको हो । इच्छुकले सात दिनभित्र दरखास्त दिनुपर्नेछ  ।

सुपरीवेक्षणका लागि तथ्यांकशास्त्र, जनसंख्या, अर्थशास्त्र वा गणितमध्ये कुनै एक विषयमा कम्तिमा स्नातक गरेको हुनुपर्नेछ भने गणका लागि पनि तिनै विषयमा  प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ । 

१८ वर्ष पुगेर ४० वर्ष ननाघेकाले दरखास्त दिनसक्नेछन् ।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  ०८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार