फुटबल खेलाडीको मुटु परीक्षण गंगालाल अस्पतालमा 

एन्फा–गंगालाल अस्पतालबीच सम्झौता
बुधबार, फागुन १२, २०७७

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गंगालाल अस्पतालसँग सम्झौता गरेको छ । एन्फाले राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडी तथा एकेडेमीका खेलाडीको मुटु परीक्षणका लागि गंगालालसँग सम्झौता गरेको हो । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र गंगालाल अस्पतालका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । गंगालालले सम्झौतालगत्तै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका २० खेलाडीको मुटु परीक्षण गरेको एन्फाले जनाएको छ । मुटु परीक्षण गराउने खेलाडीमा एरिक विष्ट, दीप कार्की, अजित भण्डारी, देवेन्द्र तामाङ, नवयुग श्रेष्ठ, सुजल श्रेष्ठ, विशाल राई, सुरज विक, आशिष लामा, त्रिदेव गुरुङ, छिरिङ गुरुङ, दर्शन गुरुङ, इशान खड्का, संजोक राई, रविशङ्कर पासवान, पाल्साङ लामा र रञ्जित धिमाल तथा एन्फा पदाधिकारी उपेन्द्रमान सिंह, इन्द्रमान तुलाधरलगायत छन् । 
 

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १५:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार