इटालीका राष्ट्रपति माटारेल्ला दोस्रो कार्यकालका लागि निर्वाचित

आइतबार, माघ १६, २०७८

रोम (इटली), १६ माघ । इटालीका राष्ट्रपति सर्जियो माटारेला आठौं चरणको निर्वाचन नतिजा अनुसार दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । उनको कार्यकाल फेब्रुअरीको शुरुमा सकिँदै छ । मतगणना जारी छ तर मटारेल्लाले जितका लागि आवश्यक ५०५ मतको बहुमत प्राप्त गरिसकेका छन् । इटालीका प्रधानमन्त्री मारियो ड्राघी र सत्तारुढ दलका नेताहरूले ८० वर्षीय मटारेलालाई दोस्रो सात वर्षको कार्यकालका लागि पद स्वीकार गर्न अपील गरेपछि यो नतिजा सम्भव भएको हो। यद्यपि मटारेलाले दोस्रो कार्यकालका  भने लागि चासो देखाएका थिएनन् ।  यसअघि शनिबार  मटारेलाले संसदीय नेताहरूको एक प्रतिनिधिमण्डल भेट गरेपछि ‘परिस्थितिलाई ध्यानमा राख्दै’, फेरि देशको नेतृत्व गर्न तयार रहेको घोषणा गरेका थिए । यस अघि जारी सात चरणको मतदानले परिणाम ल्याउन सकेको थिएन ।–एएनआई/स्पुतनिक
 

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार