विरोधका बीच क्यानडाका प्रधानमन्त्री ओटावाबाट अन्यत्र प्रस्थान

आइतबार, माघ १६, २०७८

ओटावा (क्यानडा), १६ माघ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको परिवारले कोरोनाभाइरस प्रतिबन्धको विरूद्ध ट्रकको विरोधको बीचमा राजधानी शहरमा रहेको आफ्नो घर छोडेको  क्यानाडाली सञ्चार माध्यमले जनाएका छन् । ट्रूडो र उनको परिवारलाई ओटावाको फरक स्थानमा सारिएको थियो । सीबीसीले शनिबार  जनाएअनुसार ट्रुडो र क्यानाडाली जनस्वास्थ्य उपायहरूको निन्दा गर्ने ब्यानरसहितका ट्रकहरू संसद् भवनको अगाडि वेलिंग्टन स्ट्रीटमा भेला भइरहेका थिए। यसअघि शनिबार हजारौं ट्रक र सयौं अन्य प्रदर्शनकारीहरू कोभिड(१९ नियन्त्रणका निम्ति जारी उपाय र प्रतिबन्धका विरोधमा ओटावामा भेला भएका थिए ।  सीबीसीका अनुसार आन्दोलन अहिलेसम्म शान्तिपूर्ण रहेको छ।–एएनआई/स्पुतनिक 

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार