युक्रेन र फ्रान्सका राष्ट्रपतिबीच फोनवार्ता

आइतबार, माघ १६, २०७८

किभ, १६ माघ । युक्रेनका राष्ट्रपति भोलोदमिर जिलिन्स्किी र फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोन वार्ता भएको छ । उनीहरुबीच शनिबार फोनवार्ता भएको युक्रेनका राष्ट्रपतिको कार्यालयले जनाएको छ । शनिबार भएको सो फोनवार्ताका क्रममा युक्रेनमा पछिल्लो समयमा विकसित राजनीतिक विकासक्रमका बारेमा कुराकानी भएको बताइएको छ । उनीहरुका बीचमा खासगरी पूर्वी युक्रेनमा रुसका कारणले उत्पन्न भएको परिस्थितिका विषयमा कुराकानी भएको बताइएको छ । पूर्वी युक्रेनको रुसी सीमा क्षेत्रमा पछिल्लो समयमा रुसले ठूलो संख्यामा सैनिक तैनाथ गरेको बताइएको छ । यसलाई अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरुले रुसले युक्रेनमाथि हमला गर्न लागेको बताइरहेका छन् । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने अमेरिकी यस भनाईको खण्डन गर्नुभएको छ । उहाँले युक्रेनमा हमला गर्ने योजना नरहेको बताएका छन् ।–रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १६:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार