युक्रेन संकटः बेलायतले पूर्वी युरोपमा परिचालन गर्ने सेना दोब्बर पार्ने

आइतबार, माघ १६, २०७८

लन्डन, १६ माघ : बेलायतले पूर्वी युरोपमा परिचालन गर्ने सेनाको संख्या दोब्बर पार्ने योजना गरिरहेको जनाएको छ । युक्रेन तनाव बढिरहेका बेला रसियलाई दबाब दिन बेलायतले पछिल्लो योजना गरिरहेको बीबीसीले जनाएको छ । 

सम्भावित दोब्बर परिचालनले रसियाली प्रशासन क्रेमलिनलाई प्रष्ट सन्देश दिने उनले बताए । तनाब न्यूनका गर्न दुबै देशका रक्षा र विदेश मन्त्रीबीच भेटवार्ताको कार्यक्रम छ । त्यस्तै, प्रधानमन्त्री जोनसनले रसियाली राष्ट्रपति भ्लादमिर पुटिनलाई आगामी दिनमा टेलिफोन गर्ने कार्यक्रम छ । 

यसै साता पूर्वीयुरोप भ्रमण गर्न लागेका प्रधानमन्त्री जोनसनले रसियाको अस्थिर गतिविधि बेलायतका लागि मान्य नभएइको भन्दै सरकार सधै नेटो गठबन्धनसँग उभिने प्रतिबद्धता जनाए ।-एजेन्सी

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  ०७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार