पाकिस्तानमा खतरनाक ‘भिडियो गेम’ लाई प्रतिबन्ध लगाउन सिफारिस 

शनिबार, माघ १५, २०७८

लाहोर (पाकिस्तान), १५ माघ । पाकिस्तानको प्रहरीले पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि पवजीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउनका लागि प्रान्तीय र संघीय सरकारलाई सिफारिस पठाउने निर्णय गरेको छ । पञ्जाब प्रहरीका प्रवक्ताका अनुसार देशको युवा पुस्तालाई उनीहरूको हानिकारक प्रभावबाट जोगाउन सकियोस् भनेर गोली हानाहान र हिंसाको बढ्दो प्रवृत्ति सिकाउने खेललाई प्रतिबन्ध लगाउन सिफारिस पठाउने निर्णय गरेको द न्युज इन्टरनेशनलले उल्लेख गरेको छ । प्रहरीले देशमा भएको एक दुखद घटनालाई ध्यानमा राखेर उक्त निर्णय लिएको बताएको छ । हालै भएको उक्त घटनामा यूवाले आफ्नी आमा र तीन भाइबहिनीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्तालाई उद्धृत गर्दै द न्युज इन्टरनेशनलले भनेको छ, “अली जेनले २०२२ जनवरी १९ गते आफ्नी आमा, दुई बहिनी र एक भाइको गोली हानी हत्या गरी पेस्तोल लुकाएका प्रारम्भिक छननविनले देखाएको छ ।” पबजी खेलमा बारम्बार पराजित हुँदा तनाव बढेपछि उनले खेलमा जस्तै सबै जना फेरि बाँच्न सक्ने सोचेर गोली प्रहार गरेको बयानमा उनले बताएका छन् । प्रवक्ता अधिकारीले घटनाका सबै पक्षको छानबिन भइरहेको र कानुनी र तथा न्यायिक प्रक्रिया पूरा भएपछि अभियुक्तलाई कडा सजाय हुने बताए ।

पाकिस्तानको बलुचिस्तानमा बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु

बलुचिस्तानको राजधानी क्वेटाको सरयाब रोडमा कारमा भएको बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । क्वेटाको सरयाब रोडमा अज्ञात आक्रमणकारीले कारमा गोली चलाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बन्दुक आक्रमणको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी अधिकारीले जानकारी दिएका छन् । मृत्यु हुनेमा बाबु र छोरा रहेका छन् । यसअघि जनवरी २४मा पनि अज्ञात आक्रमणकारीले लाहोर प्रेस क्लब बाहिर हुसैन शाह नामका एक अपराध संवाददातालाई गोली हानी हत्या गरेका थिए ।-रासस/एएनआई
 

  

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  २१:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार