सोसल मिडिया
Contact Us
युनिकोड
काबुल (अफगानिस्तान), १५ माघ । संयुक्त राष्ट्रसंघको अफगानिस्तान मिशनले शुक्रबार अफगानिस्तानका भूतपूर्व सरकारी अधिकारीहरूको खातामा अवैध रूपमा जम्मा भएको सम्पत्ति जफत गर्ने प्रस्ताव गरेको छ । टोलो न्युजले स्थानीय अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, “अफगान नागरिकहरूले नेसेर अहमद फाइकको प्रस्तावको प्रशंसा गरेका छन् । अफगानिस्तानका धेरैजसो पूर्व सरकारी अधिकारीहरू भ्रष्टाचारमा संलग्न रहेका र हाल देशमा आर्थिक सङ्कट रहेका समय विदेशमा विलासी जीवन बिताइरहेका छन् ।” अफगानिस्तानमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा नेसेर अहमद फाइकले भने, “म अफगानिस्तानमा यस पहिले भ्रष्टाचार र अन्तरराष्ट्रिय सहायताको दुरुपयोग गर्दै भूतपूर्व सरकारी अधिकारीहरूको विदेशी खातामा अवैध रूपमा जम्मा गरिएका सबै अफगान सम्पत्ति जफत गर्न अनुरोध गर्न चाहन्छु । “तिनीहरूलाई जवाफदेही ठहराउनै पर्छ । २८ लाख मानिसहरू भोकभोकै छन् र आमाहरू जीउनकै लागि आफ्ना छोराछोरीलाई बेच्ने गरेका भनाइहरू बाहिरिएका छन् यो उचित होइन । तर भ्रष्ट पूर्व सरकारी अधिकारीहरू युरोप र अमेरिकाका विभिन्न देशहरूमा विलासी घर तथा भवनहरूमा बस्छन्,” उनले थपे । उनले भ्रष्ट भूतपूर्व अफगान अधिकारीहरूलाई शरण नदिन अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरे ।
अफगानिस्तानको हेलमन्द प्रान्तमा भएको विष्फोटमा तीनजना घाइते अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा भएको बम विष्फोटमा तीन जना घाइते भएका छन् । एक अधिकारीलाई उद्धृत गर्दैसमाचार आउटलेटले शुक्रबार जनाएअनुसार प्रान्तको नाद अली जिल्लामा विष्फोटमा तीन जना सर्वसाधारण घाइते भएका छन् । जनवरी २२ मा पश्चिमी अफगानिस्तानको हेरात शहरमा भएको विष्फोटमा कम्तिमा सात जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका थिए । हेरात प्रान्तको राजधानी एम्ज्ञद्द मा एउटा मिनीबसमा बम विष्फोट भएको टोलो न्यूजले जनाएको छ । मृत्यु हुनेमा कम्तीमा चार जना महिला पनि रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसअघि पूर्वीनान्गाहार प्रान्तको लालपोरा क्षेत्रमा ग्यास ट्याङ्की विष्फोट हुँदा नौ बालबालिकाको मृत्यु हुनुका साथै चार जना घाइते भएका थिए ।–रासस/एएनआई