अफगानिस्तानका जनतालाई मानवीय सहायता गर्ने भारतको प्रतिबद्धता

शुक्रबार, माघ १४, २०७८

नयाँदिल्ली, १४ माघ । भारतले छिमेकी मुलुक अफगानिस्तानका जनतालाई मानवीय सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार भनेको छ, “अफगानिस्तानका जनताका लागि भारतको तर्फबाट मानवीय सहायता प्रदान गरिनेछ ।” 
भर्चुअल माध्यमबाट भएको साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले खाद्य पदार्थ, कोरोनाभाइरसविरुद्धको खोप र अत्यावश्यक अन्य विभिन्न सामग्रीहरू, औषधिहरूलगायत दिइने स्पष्ट पारे ।  उनका अनुसार पछिल्ला केही हप्तामा भारतले अफगानिस्तानलाई ३.६ टन स्वास्थ्य सामग्री र कोरोनाभाइरसविरुद्धको खोप पाँच लाख मात्रा उपलब्ध गराएको छ । थप सहयोग सामग्रीका लागि ढुवानी प्रक्रियाको गृहकार्य सुरु भइसकेको पनि प्रवक्ता वगाचीले जानकारी दिए ।– रासस/एएनआई
 

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  २२:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार