इयु र बेलायतले रूसी ग्यास परियोजनाहरू विरुद्ध प्रतिबन्धको तयारी गर्दै

शुक्रबार, माघ १४, २०७८

मस्को (रूस), १४ माघ । युरोपेली संघ र बेलायतले युक्रेनमा रुसले आक्रमण गरेमा लगाइने नयाँ रुसी ग्यास परियोजनाहरू विरुद्ध प्रतिबन्ध लगाउने तयारी गर्दै गरेको सञ्चार माध्यमले जनाएका छन् । फाइनान्सियल टाइम्सका अनुसार, नयाँ प्रतिबन्धहरू अमेरिकी सहयोगमा विकसित भइरहेको छ र भविष्यका ग्यास परियोजनाहरूका लागि वित्तपोषण र प्रविधि हस्तान्तरणमा कटौती गर्ने उद्देश्यसहितको हुनेछ । यदि त्यसो भयो भने यी प्रतिबन्धहरूले रुसी ऊर्जा क्षेत्रमा लगानी गर्ने बीपी, टोटल र शेल जस्ता युरोपेली दिग्गजहरूलाई असर गर्नेछ। पछिल्ला केही महिनाहरूमा पश्चिम र युक्रेनले रुसमाथि आक्रमणको कथित तयारीमा युक्रेनी सीमा नजिकै सेना केन्द्रित गरेको आरोप लगाएका छन्। यता रुसले भने बारम्बार युक्रेनमा आक्रमण गर्ने आफ्नो मनसाय नभएको बताउँदै आएको छ भने उसलाई आफ्नै क्षेत्रमा सेना सार्ने अधिकार छ भन्ने कुरामा जोड दिँदै आएको छ।–एएनआई/स्पुतनिक

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार