कंगोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए

शुक्रबार, माघ १४, २०७८

किन्सासा, १४ माघ । कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन् ।यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो । त्यस भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कंगोको सेनाको स्रोतले जानकारी दिएको छ । यहाँका उत्तरपूर्वी किभु प्रान्तको रितसारु क्षेत्रमा यस्तो भिडन्त भएको थियो । सो भिडन्तका क्रममा उक्त विद्रोही समूहकाबीच पनि केही हताहत भएको अनुमान गरिएको छ । यता सेनातर्फ भने एकजना बटालियन कमाण्डर कर्णेलको पनि ज्यान गएको बताइएको छ । त्यसक्रममा यहाँको सेना र केही विद्रोहीहरु घाइते भएका छन् । कंगोली सैनिकले केही दिनयतादेखि यहाँ भिडन्त भएको बताएका छन् ।

किर्गिस्तान सीमामा झडप हुँदा २ जनाको मृत्यु
ताजिकिस्तान–किर्गिस्तान सीमामा बिहीबार भएको झडपमा दुई जनाको मृत्यु भएको छ  भने छ सैनिकसहित १० जना घाइते भएको ताजिकिस्तानको राष्ट्रिय सुरक्षाको राज्य समितिले शुक्रबार जनाएको छ।
‘सीमा द्वन्द्वको परिणाम स्वरूप ताजिक पार्टीका छ जना सैनिक र चार सर्वसाधारण सहित १० जना घाइते भएका छन्’ खोवर समाचार एजेन्सीले उल्लेख गरेको छ । घटनामा मृत्यु हुनेमा एम्बुलेन्स चालक र एक गाउँले रहेको जनाइएको छ।  

टेक्सासमा तीन प्रहरी अधिकारीमाथि गोली प्रहार
टेक्सासको डाउनटाउन ह्युस्टन नजिकै झडपमा तीन प्रहरी अधिकारी माथि गोली प्रहार भएको छ। संदिग्ध व्यक्ति सेतो मर्सिडीजमा भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, तीन अफिसरहरू माथि म्याकगोवेन सेन्टको २१०० ब्लकमा गोली हानिएको छ। संदिग्ध व्यक्ति सेतो मर्सिडीजमा घटनास्थलबाट भागेको छ र अहिले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार