टोकियोमा ११ घण्टा लामो संघर्षपछि बन्धकको मृत्यु

शुक्रबार, माघ १४, २०७८

टोकियो, १४ माघ । जापानी प्रहरीले शुक्रबार बिहान टोकियो नजिकैको झडपमा एक व्यक्तिलाई पक्राउ गरेपछि एक बन्धकको मृत्यु भएको छ भने अर्का एकजना बेहोस अवस्थामा छन् । एक ६६ वर्षीय व्यक्तिले बिहीबार राति टोकियो नजिकैको आफ्नो घरमा भेट्न गएका तीन जना स्वास्थ्यकर्मीलाई आक्रमण गर्दै तीमध्ये एकलाई गोली हानेका थिए । प्रहरीका अनुसार ती बन्धक मृतक ४४ वर्षीय डाक्टर जुनिची सुजुकी रहेको क्योडो न्यूजले जनाएको छ । गोली प्रहारबाट ४१ वर्षीय फिजियोथेरापिस्ट भने बेहोस भएका थिए ।  घटनाको पूर्ण र वास्तविक विवरण आउँन बाँकी रहेको जनाइएको छ ।-रासस/एएनआई
 

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार