सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोनोभाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । सरकारी तथ्यांकअनुसार नेपालमा १,२२७ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । देशभरि ६,४७६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् । हालसम्म नेपालमा २ लाख ९ हजार ७७६ संक्रमितको संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी २४ घण्टामा २ हजार ७९८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ७३ हजार ४३० संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३५ हजार १२५ छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २१ जना रहेका छन् । तिहारका कारण कोरोनाभाइरसको परीक्षण कम संख्यामा भएको छ । काठमाडौं उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ । सङ्क्रमितहरू निको हुने दर ८१.९५ प्रतिशत छ । चाडबाडका बेला परीक्षणको संख्यामा कम भएको देखिन्छ । तर परीक्षण गरिएका नमुनामा उच्च मात्रामा सङ्क्रमण पुष्टि हुने क्रम केही सातादेखि चलिरहेको छ । को हुन् सङ्क्रमित ? थप सङ्क्रमितमध्ये ५६५ जना महिला र ९१२ जना पुरुष छन् । तीमध्ये काठमाडौंमा ६३२ जनासहित उपत्यकामा ८०७ जना छन् । नुवाकोटमा ४४ र चितवनमा ३६ सहित बागमती प्रदेशमा ९१७ जना सङ्क्रमित थपिएका छन् । अहिले उपत्यकाका तीन जिल्लामा १८ हजार ८०४ सक्रिय सङ्क्रमित छन् । देशभरि अस्पतालमा भएका सङ्क्रमितमध्ये ३५४ जना सघन उपचार कक्षमा र ६४ जना भेन्टिलेटरमा छन् ।