सोसल मिडिया
Contact Us
युनिकोड
सोल, १३ माघ । दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस सङ्क्रमित देखिएका बताइएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार अहिले एकैदिनमा १४ हजारभन्दा बढी सङ्क्रमित देखिएका छन् । यो सङ्क्रमण संख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा १४ हजार ५७१ सङ्क्रमित थपिएका छन् । यहाँ अहिलेसम्ममा दैनिक सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा सङ्क्रमितको संख्या सबैभन्दा धेरै देखिएको बताइएको छ । उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा यी सङ्क्रमितसहित कोरोना भाइरसबाट सङ्क्रमित भएकाको कुल संख्या सात लाख ७७ हजारभन्दा बढी पुगेको छ । कोरियाली रोग नियन्त्रण केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार दक्षिण कोरियामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट धेरै मात्रामा फैलिएको छ । यहाँ पछिल्ला दिनमा ओमिक्रोन भेरियन्ट फैलिनुका साथै अस्पताल भर्ना हुनेको संख्या पनि बढेको कोरियाली रोग नियन्त्रण केन्द्रले जानकारी दिएको छ । यहाँ सबैभन्दा बढी राजधानी सोलमा देखिने गरेका छन् । त्यस्तै बाहिरबाट आएका नागरिकमा सङ्क्रमण देखिने पनि गरेको बताइएको छ । यहाँ गएको २४ घन्टामा ३४को निधन पनि भएको छ । यहाँ अहिलेसम्म यो सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको संख्या छ हजार ६५४ जना पुगेको पनि बताइएको छ ।– रासस/सिन्ह्वा