कोरोना भाइरसबाट अमेरिकामा करिब पाँच लाखको मृत्यु

सोमबार, फागुन १०, २०७७

वासिङ्टन । कोरोना भाइरस सङ्क्रमणको शुरु भएयता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ ।  अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ‘हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्यान गएको यो मात्र देखेका छौं’, अमेरिकी राष्ट्रपति जो बिइडनका प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले बताए । अमेरिकामा कोरोना भाइरसबाट चार लाख ९८ हजार जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ ।  सन् २०२० फेब्रुअरीमा संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट पहिलो व्यक्तिको मृत्यु घोषणा भएको थियो । एक वर्षपछि कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या पाँच लाख पुगेको छ । 
अमेरिकामा मृत्यु हुने संख्या पाँच लाख पार गर्ने क्रममा राष्ट्रपति बाइडनले संकटको कहिले समाधान हुन्छ भन्ने बारे दृढ भविष्यवाणी गर्न चाहेका छैनन् । तर अमेरिकामा कोरोना भाइरसको खोप दिन थालिसकिएको छ । यहाँ अहिलेसम्ममा ६ करोड १० लाख जनाले यो खोप लगाइसकेका छन् । त्यसैगरी  एक करोड ८० लाख जति नागरिकले भने यो खोपको पूरै मात्रा लगाएका पनि अमेरिकी औषधि विभागले जानकारी दिएको छ ।–एएफपी
 

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार