बुर्किना फासोका राष्ट्रपति : गिरफ्तारमा

सोमबार, माघ १०, २०७८

बुर्किना फासो, १० माघ । बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरलाई राजधानीमा भएको दङ्गा र कूको प्रयासको आरोपमा सम्भवतः हिरासतमा राखिएको आरएफआई रेडियो प्रसारकले स्रोतलाई उद्धृत गर्दै सोमबार जनाएको छ ।
एलसआई अफ्रिका न्युज पोर्टलले सोमबार बिहान उल्लेख गरेअनुसार दङ्गाकारीहरूले काबोरेको राजीनामा मागिरहेका थिए जो गेन्डरमेरीको संरक्षणमा थिए । अर्को ट्विटमा, मिडिया आउटलेटले राष्ट्रपतिको परिवारले बुर्किना फासो छोडेको पनि उल्लेख गरेको छ ।
अघिल्लो दिन मिडियाले जनाएअनुसार सन् २०१५ को असफल विद्रोहमा संलग्न थुनिएका जनरल गिल्बर्ट डिएन्डेरेलाई विद्रोह गर्ने सिपाहीहरूद्वारा रिहा गरिएको थियो ।–रासस/एएनआई

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  २२:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार