पर्वतीय खेलकूद महोत्सव स्थगित

सोमबार, फागुन १०, २०७७

काठमाडौं । फागुन तेस्रो सातादेखि गण्डकी प्रदेशमा सञ्चालन हुने भनिएको आठौं पर्वतीय खेलकूद महोत्सव स्थगित गरिएको छ । आयोजक संस्था ‘माउन्टेन स्पोर्टस फेडेरेशन’ विज्ञप्ति जारी गर्दै उक्त महोत्सव हाललाई स्थगित गरिएको जनाएको हो । उक्त महोत्सव यही फागुन २० देखि चैत २० गतेसम्म सञ्चालन गर्ने तालिका तय भएको थियो । ‘प्राविधिक कारण महोत्सव स्थगित गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ । फेडेरेशनले महोत्सवको नयाँ तालिका चाँडै तय गरिने जनाएको छ । उक्त महोत्सवमा आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, गल्फलगायत खेल खेलाइने आयोजक संस्थाले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  ०६:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार