अब ६० वर्ष माथिका नागरिकलाई कोरोना खोप 

सोमबार, फागुन १०, २०७७

काठमाडौं ।सरकारले यही फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । त्यसका लागि फागुन १६ गतेभित्र आ–आफ्नो स्थानीय तहका ज्येष्ठ नागरिकको तथ्याङ्क सङ्कलन गरी पठाउन स्थानीय तहलाई आग्रह गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकास्थित पञ्चनगर स्वास्थ्य चौकी भवन शिलान्यास गर्दै मन्त्री त्रिपाठीले फागुन २३ गतेदेखि खोप केन्द्रहरूमार्फत कोरोनाविरुद्धको खोप लगाइने जानकारी दिँदै ६० वर्षमाथिका सबैलाई खोप लगाउन आग्रह गरे । आइतबार मात्रै भारतबाट १० लाख खोप डोज नेपाल भित्रिएको छ ।  मन्त्री त्रिपाठीले कतिपय विकसित देशले समेत पैसा तिरेर पनि कोरोना खोप पाउन नसकिरहेको उल्लेख गर्दै आफूहरूको विशेष पहलबाट खोप प्राप्त गर्न सफल भएको बताए । ‘कोरोना खोप अब स्वास्थ्य सामग्रीका रूपमा मात्र नभई राजनीतिक सामग्रीका रूपमा विश्वव्यापी भएको छ’, उनले भने ।

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  ०६:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार