सोमबारदेखि ५ दिनका लागि ललितपुर महानगरमा अत्यावश्यक सेवा मात्रै 

आइतबार, माघ ९, २०७८

ललितपुर, ९ माघ । ललितपुर महानगरपालिकाले माघ १० गते सोमबारदेखि ५ दिनका अत्यावश्यक सेवामात्रै प्रदान गर्ने भएको छ । 
कोभिड १९को नयाँ भेरियन्ट (ओमिक्रोन) बाट संक्रमित भई महानगरका कर्मचारीहरु उपचार एवंम होम आइसोलेसनमा रहेकाले महानगरले अत्यावश्यक सेवा मात्रै दिन लागेको हो । नगर प्रमुख चिरीबाबु महर्जनले ओमिक्रोनका कारण प्रायजसो जनप्रतिनिधि र कर्मचारीहरु संक्रमित भएकाले कार्यालयमा नियमित सेवा संचालन गर्न नसकेको बताए । उनले भने, ‘ कार्यालयमा भएका कर्मचारीबाट मात्रै सबै सेवा संचालन गर्न सकेनौं ,त्यसैले केही दिनका लागि निश्चित सेवा मात्रै संचालन ग¥यौं, यसबाट पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं ।’ महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले अधिकांश कर्मचारी संक्रमित हुँदा नियमित सेवा संचालन गर्न धेरै गाह्रो परेको बताए । उनले भने , ‘आलोपालो गरेर पनि नियमित सेवा प्रवाह गर्न सक्ने स्थिति भएन, त्यसैले, अत्यावश्यक सेवामा मात्रै केन्द्रित भयौं ।’  अत्यावश्यक सेवा अन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई , नगरप्रहरी रहेका छन् ।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार