सोसल मिडिया
Contact Us
युनिकोड
बेरुत, ७ माघ । सिरियाको जेलमा भएको आक्रमणमा जेलका सुरक्षा गार्डसहित १८ जना कुर्दिस सुरक्षा अधिकारीको मृत्यु भएको छ । सिरियाली उक्त सुधार गृहमा हजारौँ संदिग्ध जिहादीहरूलाई राखिएको र त्यहाँ इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा परी कम्तीमा १८ जना कुर्दिस सुरक्षाकर्मी मारिएका एक युद्ध अनुगमनकारी संस्थाले शुक्रबार जनाएको छ । आईएस समूहको नियन्त्रणमा रहेको राज्य सन् २०१९ मा पराजित भएको घोषणा गरिएपछि यस्तो सबैभन्दा ठूलो आक्रमण भएको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्था, ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ । एक प्रत्यक्षदर्शी स्थानीयवासीले सामाजिक सञ्जालमार्फत दिएको जानकारीमा घटनामा विद्रोही समूहका समेत दर्जनौँ मारिएका बताए । तर मानवअधिकार अनुगमनकारी संस्थाले कुर्दिस आन्तरिक सुरक्षा बल र जेलका सुरक्षाकर्मीसहित मारिएकाहरूको सङ्ख्या १८ पुगेको पुष्टि गरेको हो ।– रासस/एएफपी