सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली । ९४ लाखभन्दा बढी भारतीय नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाइसेकेका छन् । खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी छन् । भारतले जनवरी १६ देखि कोभिडविरुद्ध खोप अभियान सुरु गरेको हो । भारतमा कोरोना सङ्क्रमितको संख्या बुधबारसम्म एक करोड सात नौ लाख ५० हजारभन्दा बढी छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ८८१ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड नौ लाख ५० हजार २०१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १०१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५६ हजार १४ जना पुगेको छ । भारतमा एक करोड छ लाख ५६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएका छन् । हाल भारतमा एक लाख ३७ हजार ३४२ जना सक्रिय सङ्क्रमित छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार १३४ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर २० करोड ८७ लाख तीन हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बुधबार एकै दिनमा मात्र सात लाख २६ हजारभन्दा बढी व्यक्तिलाई कोभिड¬–१९ परीक्षण गरेको जनाइएको छ ।–सिन्ह्वा