सेरेना विलियम्स अस्ट्रेलियन ओपनबाट बाहिर

ओसाका र ब्राडीबीच फाइनल हुने
बिहीबार, फागुन ६, २०७७

मेलबोर्न । अस्ट्रेलियन ओपन टेनिसको महिला एकलतर्फ बिहीबार सम्पन्न सेमिफाइनल खेलमा नाओमी ओसाकाले सेरेना विलियम्सलाई पराजित गरेकी छन् । चौबीसौं ग्रान्डस्लामको खोजीमा रहेकी सेरेना रड लाभर एरेनामा ६–३, ६–४ को सोझो सेटमा पराजित भएकी थिइन् । अब फाइनलमा ओसाकाले अमेरिकी जेनिफर ब्राडीसँग शनिबार खेल्नेछिन् । ओसाकाको यो चौथो ग्रान्डस्लाम उपाधिका लागि भिडन्त हुनेछ । चार वर्षअघि गर्भवती रहेकै बेला विलियम्सले एउटा ग्रान्डस्लाम जितेकी थिइन् । त्यसयता उनी सन् २०१८ मा युएस ओपनमा ओसाकासँगै विवादास्पद फाइनलमा पराजित भएकी थिइन् । जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै ओसाकाले आफूले शुरुमा केही गल्ती गरेको र आफू साँच्चिकै अत्तालिएको र डराएको बताइन् ।  यसैबीच, अमेरिकी जेनिफर ब्राडीले कारोलिना मुचोभालाई तनाबपूर्ण खेलमा २–१ ले सेमिफाइनल जितेकी छिन् । उनले मुचोभालाई ६–४, ३–६ र ६–४ को सेटमा पराजित गरेकी थिइन् ।–एएफपी
 

प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  १८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार