थपिए १९ सय ४६ कोरोना संक्रमित

शनिबार, कात्तिक २९, २०७७

काठमाडौँ । मुलुकभर पछिल्लो २४ घण्टामा १९ सय ४६ कोरोना भाइरस संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । यस्तै २४ घण्टामा २५ सय ३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार यो सँगै कोरोना निको हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ पुगेको छ । २४ घण्टामा १३ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १२ सय १५ पुगेको छ । हालसम्म १६ लाख २ हजार ६०३ पीसीआर परीक्षण भएका छन् । क्वारेन्टाइनमा १ हजार ५७ जना रहेको मन्त्रालयले जनाएको छ । 
उपत्यकामा थप ८ सय ३५ जनामा कोरोना संक्रमण


पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ सय ७९ महिला र ४ सय ५६ जना पुरुष गरी ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
काठमाडौंमा ६४२, भक्तपुरमा ८८ र ललितपुरमा १०५ जना गरि ८ सय ३५ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११ हजार ३ सय ९३ जना, भक्तपुरमा १ हजार १४ र ललितपुरमा १९ सय ३१ जना होम आइसोलेशनमा रहेका छन् ।
यस्तै काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ३७,भक्तपुरमा १३ सय ६ र ललितपुरमा २३ सय ४६ जना छन् ।
काठमाडौं उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख आठ हजार नाघेको छ । अहिले पुष्टि भएका ३६,४५२ जना सक्रिय सङक्रमित छन् । सरकारको तथ्यांकअनुसार शनिवारसम्म नेपालमा १,२१५ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । मन्त्रालयले प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप २,५०३ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कुल १७०,६३२ जना निको भएको सरकारी तथ्यांक छ । संक्रमितहरू निको हुने दर ८१.९५ प्रतिशत पुगेको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  १८:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार