सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । डा. गोविन्द केसीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । केही लक्षण देखिएपछि बिहीबार गरिएको पीसीआर परीक्षणमा डा. केसीलाई कोरोना संक्रमण पुष्टि भएको हो । डा. केसीलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ । केसीलाई श्वासप्रश्वासमा समेत समस्या देखिएको छ । डा. केसी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा उपचाररत छन् । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने बताएका छन् । कोरोना भाइरसबाट संक्रमित डा. केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्री ओलीले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने ट्वीट गरेका छन् ।