पोर्चुगलका प्रधानमन्त्रीले लगाए कोरोना खोप

मंगलबार, फागुन ४, २०७७

लिस्बन । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले सोमबार कोरोनाविरुद्धको खोप लगाएका छन् । उनेले खोप लगाएसँगै पोर्चुगलमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको अधिकारीले जनाएका छन् । प्रधानमन्त्री कोस्टाले फाइजर÷बायोएनटेकको खोप लगाएका हुन । प्रधानमन्त्री कोस्टाले देशमै पहिलो खोप लगाएर खोप अभियान शुरु गरिएको हो । 
प्रधानमन्त्री कोस्टाले खोप लगाएको कुरा स्वास्थ्यमन्त्री मार्ता टेमिडोले पनि पुष्टि गरेका छन् । त्यसैगरी राष्ट्रपति मार्सेलो रिबेलो डि सौसा तथा संसद्का अध्यक्ष फेरो रोड्रिगेजले पनि कोरोना विरुद्धको खोप लगाएका छन् । त्यसपछि प्राथमिकताक्रम निर्धारण गरेर सबैलाई खोप दिने तयारी भइरहेको अधिकारीले जनाएका छन् । प्राथमिकता निर्धारण गर्दा स्वास्थ्यकर्मीलाई सबैभन्दा अगाडि राखिएको छ भने जेष्ठ नागरिक र रोगीलाई अर्को उच्च प्राथमिकतामा राखिएको छ । स्वास्थ्यमन्त्री टेमिडोले पहिलो चरणमा झण्डै तीन लाख ३३ हजार र दोस्रो चरणमा झण्डै दुई लाख खोप ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिए । ‘हामीले झण्डै एक चौथाइ खोप आठ दिन अगाडि नै ल्याइसकेका छौँ, अरु खोप पनि चाँडै नै आउँछ’ उनले भने ।–सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  २१:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार