चौतारा हाफ म्याराथन २४ पुसमा

सोमबार, पुस १२, २०७८

काठमाडौं, १२ पुस । सिन्धुपाल्चोकको चौतारमा पहिलो पटक चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुला हाफ म्याराथन हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा २४ पुसमा पाँच विधामा हाफ म्याराथन हुन लागेको हो । प्रतियोगितामा पुरुष र महिला तथा ४० देखि ५५ बर्ष सम्मको भेट्रान्स पुरुष, महिला  र ५५ बर्षमाथिका ‘सुपर भेट्रान्स’ हुनेछ ।  आयोजकले पत्रकार सम्मेलनमार्फत भेट्रान्सतर्फको सबै इभेन्ट १५ किलोमिटरमा हुने बताएका छ । हाफ म्याराथनको महिला तथा पुरुष विजेताले ४४ हजार चार सय ४४ तथा उपविजेता पुरुष तथा महिलाले समान २२ हजार दुई सय २२ पाउने छन् । प्रतियोगिता साँगाचोकगढीबाट सुरु भइ उल्केनी, इर्खु, मेलचौर, चौतार हुँदै टुडिखेल पुगेर टुंगिनेछ । 

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १३:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार