एसीसी यु-१९ एसिया कप : एक खेल अघिनै नेपाल समूह चरणबाट बाहिरियो

आइतबार, पुस ११, २०७८

काठमाडौं, ११ पुस : विशाल लक्ष्य पछ्याएको नेपाल श्रीलंकासंग  ६० रनले पराजित हुँदै एसीसी यु-१९ एसिया कपबाट बाहिरिएको छ ।

आइतबार भएको दोस्रो खेलमा समेत श्रीलंकासंग पराजित भएपछि नेपाल समूह बी बाट सेमिफाइनल पुग्न वञ्चित भएको हो । ३२३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४७.५ ओभरमा अल आउट हुँदै २६२ रनमा समेटियो ।

नेपालका लागि विकेट किपर समेत रहेका ब्याटर अर्जुन साउदले सर्वाधिक ६४ रनको अर्धसतकीय इनिङ्स खेले ।  विवेक यादवले ४६ रन बनाउँदा बसिर अहमदले ४३ रनको योगदान दिए । यस्तै सन्तोष कार्कीले ३४ र कप्तान देव खनालले २८ रन बनाए ।

श्रीलंकाका मथिशा पथिराना र रभीन डी सिल्भाले समान ३-३ विकेट लिए ।

यश अघि युएईको सारजाहमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले सदिश राजापाक्ष र चामिन्दु बिक्रमसिंघेको शतक मद्दतमा निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२२  रन बनाएको हो ।

श्रीलंकाका सदिश राजापाक्षले सर्वाधिक १३१ रन बनाए   । यस्तै चामिन्दु विक्रमसिंघेले १११ रनको योगदान दिए ।

नेपालका मोहम्मद आदिल खानले दुई तथा कप्तान देव खनालले एक विकेट लिए । नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपाल हारसँगै एक खेल अघिनै प्रतियोगिताबाट बाहिरिएको हो । अब नेपालले अन्तिम खेलमा कुवेतको सामना गर्नेछ ।

नेपाली टिम

देव खनाल (कप्तान), अरुज साउद (विकेट किपर), बसन्त कार्की, बसिर अहमद, विवेककुमार यादव, गुल्शनकुमार झा, शेर मल्ल, तिलक राजभण्डारी, मोहमद आदिल अलाम, सन्तोष कार्की, विवेक मगर

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  २१:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार