एपीएफलाई उपाधि जित्न ६८ रनको लक्ष्य 

आइतबार, पुस ११, २०७८

काठमाडौं, ११ पुस । कप्तान सीता राना मगरले घातक बलिङ गरेपछि विभागीय टोली एपीएफले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा उपाधि जित्न ६८ रनको सामान्य लक्ष्य पाएको छ ।  धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको हो । प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले ४६ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन जोडिन् । अप्सरी बेगमले ३४ बलमा १ चौकासहित ११ रनको योगदान दिइन् । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् ।  एपीएफकी सीता राना मगरले सर्वाधिक ३ विकेट लिइन् । रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट लिइन् ।
 

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १२:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार