यु-१९ एसिया कप: नेपाल टस हारेर फिल्डिङमा

आइतबार, पुस ११, २०७८

काठमाडौं, ११ पुस । एसीसी यु-१९ एसिया कप क्रिकेटमा बलियो श्रीलंकाविरुद्ध आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै छ ।  यूएईको सारजाहमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।  नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपाल यदि हारले भने एक खेलअघि नै समूह चरणबाट बाहिरिनेछ ।  यता, श्रीलंका भने दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा कुवेतलाई २७४ रनले पराजित गरेको थियो ।  नेपाल र श्रीलंकाबीच सन् २००८ यता ५ पटक भिडन्त हुँदा पाँचै खेल श्रीलंकाको पक्षमा गएको छ । 

नेपाली टिम
देव खनाल (कप्तान), अरुज साउद (विकेट किपर), बसन्त कार्की, बसिर अहमद, विवेककुमार यादव, गुल्शनकुमार झा, शेर मल्ल, तिलक राजभण्डारी, मोहमद आदिल अलाम, सन्तोष कार्की, विवेक मगर 

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  ११:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार