थप १०४ जनामा कोरोना पुष्टि

आइतबार, फागुन २, २०७७

काठमाडौं । थप १०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या दुई लाख ७२ हजार ७१८ पुगेको छ । थप तीन हजार ५०१ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको संख्या २१ लाख १७ हजार ५० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६९ हजार ६० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १३१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर एक हजार ६०४ सक्रिय सङ्क्रमित रहेका छन् ।    पछिल्लो समय थपिएका कोरोना सङ्क्रमितमा इलाममा एक, उदयपुरमा दुई, धनकुटामा एक, मोरङमा तीन, रौतहटमा एक, काठमाडौँमा ४७, भक्तपुरमा दुई, मकवानपुरमा एक र ललितपुरमा १२ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । यसैगरी कास्कीमा २५ तथा गोरखा, तनहुँ, लमजुङ, बागलुङ, स्याङजा, कपिलवस्तु, दाङ, पाल्पा एवं  सुर्खेतमा एक÷एक जना सङ्क्रमित थपिएका छन् । 

शून्य मृत्यु  
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या दुई हजार ५४ पुगेको छ । यसअघि माघ १६ गते तथा गत साउन ४ र ५ गते तथा साउन ८ गते कोरोनाबाट कोहीको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।    

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  २१:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार