सुनिलको गोल निर्णायक बन्दा मछिन्द्रको एएफसी छनोट बलियो

शनिबार, पुस १०, २०७८

काठमाडौं, १० पुस : सुनिल बलले अन्तिम समयमा गरेको फ्री किक गोलसंगै मछिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित  गर्दै एएफसी कपमा  छनोटको सम्भावना बलियो बनाएको छ ।

शनिबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा इन्जुरी समयमा सुनिलको निर्णायक  गोलसंगै मछिन्द्रले महत्त्वपूर्ण ३ अंक जोडेको हो । 

जितसगै मछिन्द्र ६ खेलबाट १४ अंक  बनाउदै शीर्ष स्थानमा उक्लिएको छ । यता, पहिलो हार ब्यहोरेको मनाङको समान खेलबाट  १३ अंक छ । र दोस्रो स्थानमा छ । 

अब मनाङले सातौं चरणमा ब्रीगेड ब्वाइज क्लब र मछिन्द्रले नेपाल पुलिस क्लबसंग खेल्नेछ । 

सातौ चरणमा शीर्ष स्थानमा रहने टोली एएफसी कपका लागि छनोट हुनेछ । 

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार