चौतारामा सम्पन्न मैत्रीपूर्ण टेबुल टेनिस प्रतियोगितामा नेपाल प्रहरी अगाडि

बिहीबार, पुस ८, २०७८

सिन्धुपाल्चोक, ८ पुस : कर्मचारी, बैंकर्स र सुरक्षाकर्मीबीच भएको मैत्रीपूर्ण टेबुलटेनिस प्रतियोगितामा नेपाल प्रहरीले जित निकालेको छ । प्रतियोगितामा सिंगलतर्फ सिन्धुपाल्चोक प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक राजन अधिकारी प्रथम भए । यस्तै प्रहरी नायव निरीक्षक अजित राज बस्नेत दोस्रो भए ।

डबल्सतर्फ पनि प्रहरीकै टिम प्रहरी उपरीक्षक अधिकारी, प्रहरी नायव निरीक्षक बस्नेत प्रथम हुँदा द्वितीयतर्फ प्रहरी हवल्दार दिनेश स्याङतान र प्रहरी जवान तारा बहादुर थामीको टिम बन्यो । उक्त प्रतियोगितामा खेलको उत्कृष्ट खेलाडीसमेत प्रहरी उपरीक्षक अधिकारी घोषित भए ।

बिहीबार वनदेवी कबर्डहल,चौतारामा आयोजित मैत्रीपूर्ण टेबुल टेनिस प्रतियोगिता–२०७८ मा श्री गोरख बक्स गण,जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, आयोजक टिम,कर्मचारी मिलन केन्द्र र नगर भित्र रहेका बैंक वित्तीय संस्थाहरू सहभागी भएका थिए ।

चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समिति र चौतारा साँगाचोकगढी नगरपालिकाले आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  २०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार