टेलिकम र सिल्क सेमिफाइनलमा

बिहीबार, पुस ८, २०७८

काठमाडौं, ७ पुस : नेपाल टेलिकम राजधानीमा जारी कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

टेलिकमले दुई जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । अब टेलिकमले आईएमईसँग प्रतिस्पर्धा गर्नेछ । 

आईएमई दुई खेलमा हार ब्यहोर्दै उपाधिको होडबाट बाहिरिएको छ । टेलिकमले नेपाल विद्युत प्राधिकरण र नेपाल राष्ट्र बैंकमाथि जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

काठमाडौं ब्याडमिन्टन एकेडेमीको आयोजनामा भएको च्याम्पियनसिपको पहिलो दिन राष्ट्र बैंकलाई ३ –० ले हराएको टेलिकमका नेपाल नम्बर एक खेलाडी रत्नजितले राष्ट्र बैंकका नम्बर दुई दिपेश धामीलाई २१–१५, २२–२४, २१–१७ ले पराजित गरे ।

यस्तै टेलिकमकी सिमा राजबंशीले राष्ट्र बैंककी अमिता गिरीलाई २१–११, १२–२१, २१–१८ ले पराजित गरिन् । यस्तै टेलिकमका सुरेन्द्र सिंह कार्की र राजेन्द्र श्रेष्ठको जोडीले राष्ट्र बैंकका रिषीकेश भट्ट र डिला राम सवेदीमाथि २१–१४, २१–१४ ले जित निकाले । 

टेलिकमले विद्युतलाई ३–२ ले पराजित गर्ने क्रममा रत्नजितले विद्युतका दीपक बोहरालाई २१–९, २१–११ले पराजि गरे । दोश्रो खेलमा विद्युतकी शोभा गौचनले टेलिकमकी सिमा राजबंशीलाई २३–२१, २४–२२ ले पराजित गर्दै खेललाई एक एकको बराबरीमा ल्याइन् । 

तेश्रो खेलमा टेलिकमका शोभाकर भण्डारी र सुरेन्द्र सिंह कार्कीको जोडीले विद्युतका टेकबहादुर बुढा र रत्न श्रेष्ठको जोडीमाथि २१–१५, २१–१७ को जित निकाल्दै खेललाई २–१ को अवस्थामा ल्याए । यस्तै चौथो खेलमा विद्युतका शोभा गौचन र याम कुमारी गुरुङ्गको जोडीले टेलिकमका जे टि गुड्डी कार्की र सिमा राजबंशीको जोडीलाई २१–१५, २४–२२ ले पराजित गर्दै पुन खेललाई २–२ को बराबरीमा पुर्‍याए । 

अन्तिम तथा निर्णायक खेलमा टेलिकमका कृष्ण शर्मा र रत्नजितको जोडीले दिपक बोहरा र राजु महर्जनको जोडीमाथि २१–१९, २१–१० को जित निकाल्दै ३–२ का साथ टेलिकमलाई सेमिफाइनमा स्थान पक्का गराए ।

यस्तै अर्को सेमिफाईनल प्रवेश गर्ने टोलीमा सिल्क ग्रुप रहेको छ । सिल्कले कुमारी बैंक, कान्तिपुर र आयल निगम तीनै टिमलाई जित्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

च्याम्पियनसिपको पहिलो दिन आयल निगममाथि ३–१ को जित निकालेर जितको सुरुवात गरेको सिल्कले दोश्रो दिनको पहिलो खेलमा कान्तिपुर पब्लिकेशनलाई ३–२ ले पराजित गर्‍यो । 

कान्तिपुरका साजन कृष्ण ताम्रकारले सिल्कका बिकास श्रेष्ठमाथि २१–१८, २१–१८ को समान अन्तरले पराजित गर्दै १–० को जित निकाले । यस्तै दोश्रो खेलमा सिल्ककी अनुमाया राईले कान्तिपुरकी सम्झना शर्मा माथि २१–९, २१–१३ को जित निकाल्दै खेललाई एक एकको बराबरीमा ल्याए ।

कान्तिपुरका प्रकाश बादु र ब्रिदेन सुब्बाको जोडीले सिल्कका सुबाश अधिकारी र रमेश शेर्पाको जोडीलाई १४–२१, २२–२०, २२–२० ले पराजित गर्दै पुनः कान्तिपुरलाई २–१ को अग्रता दिलाए । २–१ ले पछि परेको अवस्थमा सिल्कले खेललाई आफ्नो पक्षमा ल्याउने क्रममा महिला युगल तर्फ अनुमाया राई र ताशी शेर्पाको जोडीले रिमा गिरी र सम्झना शर्माको जोडीमाथि २१–४, २१–८ को जित निकाल्दै खेललाई २–२ को अवस्थमा पुर्‍याए । 

अन्तिम तथा निर्णायक खेलमा रमेश शेर्पा र बिकाश श्रेष्ठको जोडीले ब्रिदेन सुब्बा र साजन कृष्ण ताम्राकारको जोडीलाई २१–१४, २१–१० ले पराजित गर्दै ३–२ का साथ जित निकाले । यसैगरि सिल्कले अन्तिम खेलमा कुमारी बैंकलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । 

सिल्कले कुमारी बैंक माथि ३–१ को जित निकालेको हो । सिल्कका विकास श्रेष्ठले कुमारीका सुदीप सेढाईलाई २१–१५, २१–१० ले पराजित गरे । दोश्रो खेलमा अनुमाया राईले कुमारीकी सुनयना मुखियालाई २१–१०, २१–१६ ले हराईन् । 

तेश्रो खेलमा कुमारीका बिक्रम निरौला र निरज राईको जोडीले सिल्कका सुबाश अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–१७, १०–२१, २१–१७ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । 

चौथो खेलमा सिल्क ग्रुपको अनुमाया राई र ताशी शेर्पाको जोडीले ११–२ को अग्रता लिएको अवस्थामा कुमारी बैंककी सुनयना मुखियाको घुडामो चोट आएका कारण खेललाई त्याग्न बाध्य भए पश्चात सिल्कले खेल जित्दै सेमिमा स्थान पक्का गरेको हो । 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  ०४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार