कोरोनाका कारण खेल क्षेत्र प्रभावित 

एकदिवसीय सिरिज स्थगित 
शनिबार, फागुन १, २०७७

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित भएको छ । आइसीसीले कोरोना महामारीलगायतका कारण देखाउँदै हाललाई उक्त सिरिज स्थगित गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । ओमान सिरिजका  लागि क्यानले ३२ खेलाडीलाई डेढ साता अघि बन्द प्रशिक्षणमा बोलाएको थियो । यसअघि नेपालले आगामी चैत ६ देखि १५ गतेसम्म ओमानमा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने मिति तय गरिएको थियो । लिगमा हालसम्म नेपालले चार खेलमा चार अङ्क जोडेको छ । नेपाल लिगको छैटौँ स्थानमा छ । अमेरिका १२ खेलमा १२ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा ओमान १० खेलमा १६ अङ्कका साथ लिगको शीर्ष स्थानमा रहेको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  ०८:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार